Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सर्वसाधरणले पनि लगाए जीवित देवीबाट टीका

भक्तपुरकी जीवित देवी एकान्तकुमारी लुनिभा बज्राचार्यबाट सर्वसाधारणले टीका लगाएका छन् ।  

तलेजुमा जीवित देवीका रूपमा पुजित कुमारीबाट उनीहरूले टीकाका साथ आशीर्वाद लिएका हुन् । 

कुमारीबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएकापछि सर्वसधारणलाई उनले टीका लगाइ दिएकी थिइन् ।