Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनपीएलः रिजन ढकाललाई चितवन राइनोजले १० लाखमा किन्यो

नेपाल प्रिमियर लिग (एनपीएल) मा राष्ट्रिय टोलीका तीव्र गतिका बलर रिजन ढकाल १० लाखमा बिक्री भएका छन् । काठमाडौँमा आज आइतबार जारी अक्सनमा ढकाललाई चितवन राइनोजले खरिद गरेको हो ।  

उनलाई न्यूनतम १० लाखमा चितवन राइनोजले खरिद गर्दा अन्य टिमले उनका लागि इच्छा देखाइनन् । ढकाल यो पटकको अक्सनमा ब्रिकी हुने पहिलो खेलाडी बने । 

नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन् । आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेन छन् ।

जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन् ।