Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेशनल लाईफद्वारा गण्डकी प्रदेशका अभिकर्ताहरुलाई सम्मान

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी प्रदेशका उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान गरेको छ। पोखरामा आयोजना भएको यस कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मानू कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गण्डकी प्रदेशका २२५ भन्दा बढी अभिकर्ताहरु, विभागीय प्रमुख, शाखा प्रमुख तथा प्रदेश प्रमुखहरुले सहभागिता जनाए थिए। सन् २०८०/८१ आर्थिक वर्षमा तोकिएको बीमाशुल्क संकलन गर्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमको सुरुवात पानसमा दीप प्रज्वलन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले गरेका थिए।

कार्यक्रममा, सीईओ क्लबका सदस्य तथा नेशनल रत्नबाट सम्मानित हुने अभिकर्ताहरुलाई चाँदीको मेडल, प्रमाणपत्र, र खादाबाट विशेष सम्मान गरिएको थियो। यस अवसरमा खत्रीले कम्पनीको अभिकर्तामैत्री स्किमहरुको सफलता बारे प्रकाश पार्दै सीईओ क्लब सदस्यता योजना नेपालभर सफलताका साथ २००० भन्दा बढी अभिकर्ताहरुले प्राप्त गरेको जानकारी दिए।

सम्मानित अभिकर्ताहरुले पनि मेहनतको कदर भएकोमा गर्व व्यक्त गर्दै, नेशनल लाइफ इन्स्योरेन्सले निरन्तर यस्ता प्रेरणादायक कार्यक्रमहरु आयोजना गर्ने आशा व्यक्त गरेका थिए।
जततउकस्ररधधध।बचतजबबिनबलष्।अयmरलभधकरघण्ठद्धड।जतmरि