Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई दुसित थानी रिसोर्टमा आकर्षक छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र दुसित थानी हिमालयन रिसोट, धुलिखेल बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५ प्रतिशत सम्म छुट दिने भएको छ ।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट-क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ ।