Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बर्षाले नेपाल र ओमानबीचको खेल रद्द, अंक बाँडे

आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल बर्षाले गर्दा रद्द भएको छ । 

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेपछि रद्द भएको हो । 

खेल रद्द भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका छन् । योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार व्यहोरेको थियो । 

लिग– २ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अंकसहित सातौं स्थानमा रहेको छ । त्यसैगरी ओमानको भने ७ खेलमा ६ अंक रहेको छ र छैटौं स्थानमा छ ।