Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

चीनको हाङ्जाउमा आयोजित २० औं सिनियर एशियाली कराँते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेर एरिका गुरुङ स्वदेश फर्किएकी छिन् । 

arika 12024-09-24-12-24-50.jpg

एरिका एशियाली सिनियर कराँतेमा फाइनल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । ६८ किलो माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ स्वर्ण पदक पाउन चुकेकी थिइन् ।

arika 2.jpg

एशियन कराँते फेडरेसनले आयोजना गर्ने एशियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन । ऐतिहासिक पदक जितेको खुशीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत विमानस्थलमा पुगेका थिए ।

arika.jpg

एरिकालाई स्वागत गर्न खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरु राष्ट्रिय झण्डा, माला, खादासहित विमानस्थल पुगेका थिए । साथमा ब्याण्ड टोलीले पनि एरिकालाई स्वागत गरेको थियो । उनलाई नेपाल प्रहरीको सजाइएको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो ।