शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार साढे ११ अंकले वृद्धि भएको बजार सोमबार उच्च अंकले घटेको छ ।
साताको दोस्रो कारोबार दिन बजार ५९.०२ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ५२९.३३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु रातम्य बनेका छन् ।
आज १४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ । सोमबार ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
उक्त दिन नेपाल फाइनान्सको सर्वाधिक २१ करोड १३ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज सीइडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख ५७ हजार, हिमालयन रिको १२ करोड ५२ लाख ५० हजार, अपि पावरको ११ करोड ७७ लाख, सानिमा माइ ११ करोड ६२ लाख र गुडविल फाइनान्सको १०क रोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड र इस्र्टन हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।