काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लब स्वदेश फर्किएको छ ।
च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लब सोमबार स्वदेश फर्किएको हो । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनीहरुलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ ।
माल्दिभ्सको मालेमा भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।
स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । पहिलो सेट २५–१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा सफल भएको हो ।