Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

क्यानडासँग नेपालको लगातार तेस्रो पराजय

नेपाल आईसीसी विश्वकप लिग– २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ । गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १८१ रन बनाएको थियो ।

यस सिरिजमा नेपालको ब्याटिंग लगातार फ्लप हुँदै आएको छ । नेपालले आफ्ना शीर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो । यो जित पछि क्यानडा लिग–२ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

क्यानडाको ११ खेलमा १४ अंक भएको छ । त्यस्तै नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अंक हासिल गरेको छ ।