चर्चित गायक हेमन्त शर्माको दशैंको नँया गीत सार्वजनिक भएको छ । गायक शर्माले ‘आउँथ्यो दशैं’ बोलको गीत नेपाली संगीत बजारमा बुधवार सार्वजनिक गरेका हुन् ।
उक्त गीतमा शर्मा र चर्चित गायिका मेलिना राईको आवाज रहेको छ । गीतको शब्द रचना तथा संगीत भने शर्मा स्वयम् आफैले गरेका हुन् ।
नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग-सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् ।
प्रिज्म रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको प्रि– मिक्सिङ्ग कमल थापा मगर गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ्ग भने स्मायस्वेत रसाईलीले गरेका हुन् ।
गीतको भिडिओ पनि निकै रमाइलो छ। भिडिओमा हेमन्तसहित रजनी गुरुङ, डोना थापा मगर, ललना चिमरिया, एलिस राईको नृत्य र अभिनय छ।
पवन सुसिलाङले खिँचेका भिडिओलाई मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ। गीतको भिडियो गायक शर्माकै युट्युवच्यानल हेमन्त शर्मामार्फत संगीत बजामा आएको हो । लामो संगीत यात्रामा पहिलोपटक शर्माले दशैं गीत निकालेका हुन् ।
हेर्नुहोस् उक्त गीतको भिडियो: