Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

शेयर बजारमा सामान्य गिरावट, ७४ कम्पनीको शेयर मूल्य बढ्यो

आज शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ४ अंकले घटेर २,५७६ को विन्दुमा कायम भएको छ ।

आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ । आज ३२० कम्पनीको १ करोड ३९ लाख ५२ लाख १२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ९१ लाखको शेयर कारोबार भएको छ ।

आज सीएचडीसीको २० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजीको १५ करोड ९५ लाखको शेयर कारोबार भएको छ ।

कालिका लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्तका लगानीकर्ताले ७ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । आज गुडविल फाइनान्सका लगानीकर्ताले ६ दशलमव ७७ प्रतिशतका दरले गुमाएका छन् ।