Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाको लाभांश घोषणा भएको छ ।

प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा भएको हो ।

प्रभु सेलेक्टले १० प्रतिशत र स्मार्ट फन्डले ८.५ प्रतिशत नगद लाभांश दिनेछ । फन्डको योजना व्यवस्थापकमा प्रभु क्यापिटल रहेको छ ।