सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आव्हान गरेको छ ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १८.३८११ प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गर्नेछ ।सभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।
चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते बुक क्लोज गर्ने भएको छ । असोज १० गतेसम्म नेप्सेमा कायम रहने शेयरधनी प्रस्तावित लाभांश पाउन र सभामा सहभागी बन्न योग्य हुनेछन् ।