Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सामाजिक सञ्जालबाट एकाएक किन हराए क्रिकेटर सन्दीप लामिछाने?

क्रिकेटर सन्दीप लामिछाने विभिन्न सामाजिक सञ्जालमा देखिने छाडेका छन् ।

सामाजिक सञ्जालहरु फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट उनी एक्कासी गायब भएका छन् । शनिबार रातिदेखि लामिछानेको फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) अकाउन्ट नदेखिने भएको छ ।

अकाउन्टमा समस्या आएर हो वा उनी आफै गायब भएका हुन् भन्ने विषय अहिलेसम्म खुलेको छैन । लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख बढी फलोअर थिए । 

लामिछाने सामाजिक सञ्जालबाट अचानक हराएपछि अहिले उनी किन गायब भए भन्ने विषय चर्चा चलिरहेको छ ।