Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पलेशालाई पारा एथलिट अफ दि इयर अवार्ड

पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्द्धनले पाएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पलेशाले यो अवार्ड पाएकी हुन् । हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएको हो ।

पलेशाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कास्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।