Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एथलेटिक्सका हेमन्त पाल बने युवा बर्ष खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा एथलेटिक्सका हेमन्त पाल वर्षको उत्कृष्ट युवा खेलाडी चुनिएका छन् ।

आज शुक्रबार आयोजित अवार्डको युवातर्फ हेमन्त उत्कृष्ट चुनिएका हुन् । नेपाली खेलकुद पत्रकारको छाता संगठनका एनएसजेएफले हरेक वर्ष यो अवार्ड आयोजना गर्दै आइरहेको छ ।

 यो विधाको मनोनयनमा पालसङै क्रिकेटका अर्जुन कुमाल, टेबलटेनिसका सुजन गडाल, फुटबलकी प्रीति राई र टेनिसकी सुनिरा थापा थिए ।