Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एनपीएलमा रोहित र सन्दीपसहित आठ मार्की खेलाडी घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको घोषणा गरिएको छ ।

शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको हो । यस अघि क्यानले एनपीएल खेल्ने ८ फ्रेन्चाईजीको घोषणा गरेको  थियो । जसमा पोखरा, काठमाडौँ, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली गरी ८ फ्रेन्चाइजीले एनपीएलमा भाग लिने भएका छन् । 

एनपीएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म हुने क्यानले यसअघि नै जानकारी दिइसकेको छ ।