Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मिसेस पुर्वेली आइकनः असोज १२ गते ग्राण्ड फिनाले

इटहरीमा आयोजना भइरहेको ‘मिसेस पुर्बेली आईकन–२०२४’को फोटोसुट तथा भिडियोसुट गरिएको छ । अब ट्यालेन्ट राउण्ड गर्दै आउँदो असोज १२ गते इटहरीमा यसको ग्राण्ड फिनाले आयोजना गर्ने योजना आयोजकले बनाएको छ ।

Photo (7).jpg

विवाहित महिलाहरुको व्यक्तित्व, सीप, र बौद्धिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यो प्रतियोगिता केवल बाहिरी सौन्दर्य प्रदर्शनमा मात्र सीमित नरहेर, विवाहित महिलाहरुको सशक्तीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको आयोजक संस्था ओपन स्पेसका निर्देशक सरोज श्रेष्ठले बताए ।

Photo (2).jpg


आयोजकले यसलाई विवाहित महिलाहरुका लागि आत्मविश्वास बढाउने, आत्मबल निर्माण गर्ने र महिलाहरुको समाजमा योगदान अभिवृद्धि गराउने एउटा अद्वितीय प्लेटफर्मको रुपमा प्रस्तुत गरेका छन् । प्रतियोगितामा आठजना विवाहित महिलाहरु फाइनल प्रतिस्पर्धा गर्दैछन् । जसमा सुनसरी, मोरङ, झापा, धनकुटालगायतका जिल्लाबाट विवाहित महिलाहरु सहभागी भएका छन् ।

Photo (4).jpg

प्रतियोगिताका सहभागीहरुमा रुबिना श्रेष्ठ, सुस्मा बिस्ट, रेनुका श्रेष्ठ, सुनिता पुरी, मुना बजगाई, दिपिका भट्टराई, जिसिका सापकोटा, र रेस्मा आङदेम्बे लिम्बु रहेका छन् । यतिबेला यी प्रतिष्पर्धीहरुको भोटिङ प्रक्रिया पनि सुरु भइसकेको छ । भोट गर्नको लागी एभिन्टोजको वेबसाइट र मोबाइल एपमार्फत आफ्नो मन परेको प्रतिस्पर्धीलाई भोट दिन सकिनेछ ।

Photo (3).jpg

केहिअघि प्रतिस्पर्धी महिलाहरुको फोटोसुट र भिडियोसुट समेत सम्पन्न भैसकेको छ । आयोजकले प्रत्येक प्रतिस्पर्धीको छुट्टाछुट्टै प्रोफाइल भिडियो निर्माण गर्ने योजना बनाएका छन्, जहाँ उनीहरुले आफ्ना व्यक्तिगत जीवनका संघर्ष, उत्साह र अनुभवलाई सो भिडियो मार्फत प्रस्तुत गर्न सक्नेछन् । भिडियोहरुमा पारिवारिक सम्बन्धदेखि उनीहरुले भोगेका विभिन्न उतारचढावका कुरा समेत समेटिने निर्देशक श्रेष्ठले बताए ।

Photo (6).jpg

यस प्रतियोगितालाई अझ प्रतिस्पर्धी र ज्ञानवर्धक बनाउन आयोजकले सहभागी महिलाहरुलाई सौन्दर्यसँगै विभिन्न सीप विकास, व्यक्तित्व विकास र बौद्धिक क्षमताको वृद्धि गर्ने प्रशिक्षण प्रदान गरिरहेका छन् । र्याम्प वाल्क, आत्मविश्वास विकास र महिला सशक्तीकरण सम्बन्धी ज्ञानवर्धक तालिमहरु प्रदान गर्दै प्रतियोगिताको अन्तिम तयारीमा जुटिरहेका छन् ।

Photo (5).jpg

प्रतियोगिताका विजेताले ५० हजार नगद पुरस्कारका साथै अन्य थुप्रै आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । प्रतियोगिता मार्फत विजेताले आफूलाई मात्र नभएर समाजमा महिलाको स्थानलाई अझ सशक्त बनाउन भूमिका खेल्न सक्नेछन् ।

Photo (9).jpg

कार्यक्रमका निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, फोटो र भिडियोग्राफीका लागि बज क्रीयसन र मिडिया संयोजक सुवास संकल्प श्रेष्ठ रहेका छन् ।

Photo (8).jpg