Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रभु बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता

प्रभु बैंक लिमिटेड र काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रा.लि.बीच सम्झौता भएको छ । प्रभु बैंक र हस्पिटलबीच बैकंका ग्राहक तथा कर्मचारीहरुलाई हस्पिटलमा उपलब्ध सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

एक समारोहका बीच ब्लु क्रस हस्पिटलका तर्फबाट सदस्य सचिव रजत श्रेष्ठ र बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु विष्टले उक्त समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका  हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बाहिररंग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५५ देखी १२५ सम्म छुट प्राप्त गर्न सक्ने बैकंकले जनाएको छ ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाटसमेत भुक्तानी गर्न सक्नेछन् ।