Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ ।

क्यानले आज एक कार्यक्रमका बीच नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ । क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ ।

लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । त्रिकोणात्मक टी२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।

क्यानडा भ्रमणका लागि क्यानले १६ सदस्सयीय टोली घोषणा गरिसकेको छ । क्यानडा र अमेरि भ्रमणका लागि जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरिएको क्यानले जनाएको छ ।  टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ। तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ।

टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज क्यानद्वारा जारी बार्षिक क्यालेन्डरमा छ ।त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ । क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरी भने क्यानडामा नै छन्।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले‌ टोलीको‌ बिदाइ गरे।