Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आजदेखि सेनाको कमाण्ड सम्हाल्दै सिग्देल

प्रधानसेनापति अशोकराज सिग्देलले आज सोमबारदेखि औपचारिक रुपमै नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन् । सैनिक सेवामा ४१ वर्ष बिताएका प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकाशमा जाने भएपछि सिक्देलले ४५ औं प्रधानसेनापतिका रूपमा नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका हुन् ।

शर्मा गत साउन २४ गतेदेखि नै बिदामा बसेका थिए । शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ गते सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेका थिए । 

उनलाई आज बिहान १० बजे राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्ने छन् ।