नेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ।
शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ।
यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै २०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
२०८१ भदौ ६ गते नेपालमा लगाइएको टिकटकको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।