Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको दुरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र (लाइसेन्स) नवीकरण भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार आगामी ५ वर्षका लागि एनसेलको इजाजतपत्र नवीकरण गरिदिएको हो ।

गत बिहीबारको मन्त्रिपरिषदको निर्णयअनुसार नै आइतबार इजातपत्र नवीकरण भएको प्राधिकरणले जनाएको छ ।

सरकारले एनसेललाई २५ वर्षको लागि दुरसञ्चार सेवा सञ्चालको इजाजत पत्र दिएको छ । यस्तो इजाजत पत्र लिएको १० वर्षपछि हरेक ५(५ वर्षमा नवीकरण गर्नुपर्छ ।