Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पूर्वराजा ज्ञानेन्द्रले दिए कास्य पदक विजेता पलेशालाई बधाई

पूर्वराजा ज्ञानेन्द्र शाहले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले बधाई दिएका छन् । उनले आज शुभकामना सन्देश जारी गरेर कास्य पदक पलेशालाई बधाई दिएका हुन् ।

पेरिसस्थित ग्राण्ड प्यालेसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोकी गोवर्धनले कांस्य पदक जितेर ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको खबरले खुशी तुल्याएको उल्लेख गरेका छन् ।

पलेशाले विभिन्न चुनौतीलाई पार गर्दै नेपालको राष्ट्रिय गौरब बढाएको बताए । शुभकामना सन्देशमा भनेका छन्,देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौँ प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेकी छिन यसले नेपाली खेलकुद इतिहास मै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौं ।

अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धन सहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टीमलाई यो सफलताको लागि हार्दिक बधाई तथा शुभकामना ।’

पेरिस पारालिम्पिक(२०२४ अन्तर्गत शुक्रबार सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५(८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन्। पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।