Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चट्याङ लागेर गाईवस्तु चराइरहेका एक जनाको मृत्यु

चट्याङ लागेर सिन्धुलीमा शनिबार दिउँसो एकको मृत्यु भएको छ । 

मरिण गाउँपालिका–७ महेश्वता नजिक मरिणखोला बगरमा गाईवस्तु चराउँदै गरेका स्थानीय ६५ वर्षीय चन्द्रबहादुर माझीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर चिन्ताजनक अवस्थामा रहेका माझीको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्रीले जानकारी दिए ।