Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टी-२० विश्वकप खेलेका खेलाडीहरुले जनही ३ लाख रुपैयाँ पाउने

नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

बिहीबार बसेको क्यान कार्यसमितिको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । यो सँगै टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् ।

त्यस्तै, अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

crck.png