Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटलबीच सम्झौता, बैंकका प्रयोगकर्तालाई आर्कषक छुट

कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल (लाजिम्पाट)बीच कुमारी बैंक लिमिटेडका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्तालाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधामा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री शपमा १०%, फिटनेस सम्बन्धी सेवामा २०%, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५% र केकहरूमा १०% छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधाबाट बैंकका सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवासुविधाहरू सहुलियत दरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको जनाइएको छ । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।