Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नाडा अटो शो २०२४’ मा यूनोकल ल्बुरिकेन्ट र ओजन ब्याट्रीको उत्साहजक सहभागीता

नाडा अटो शो २०२४ मा विभिन्न ब्राण्डका नयाँ गाडी तथा सवारीहरुको बिक्री एमव् प्रदर्शन भइरहेको बेलामा पछिल्लो समय व्यक्तिका लागि आवश्यकिय र महत्वपूर्ण पार्टस्हरुको पनि सहभागीता बढ्दो छ । लामो समयदेखी नेपाली बजारमा ग्राहकहरुलाई सेवा दिँदै आएको यूनोकल ल्बयुरिकेन्ट र ओजोन व्याट्रीको पनि सहभागीता रहेको छ । 

विगतका वर्षहरुमा जस्तै राजधानीको भृकुटीमण्डपमा हिजोबाट सुरुभएको नेपालकै ठूलो सवारी मेला (नाडा अटो शो) मा विभिन्न पार्टस् तथा अति उपयोगी औजारहरु भरिभराउ देखिन थालेको छ । 

ओजोन ब्याट्री तथा यूनोकोल ल्युबरिकेन्टका संचालक रंजनराज शाक्यले भने,‘हामीले धेरै पहिलेदेखि ग्राहकका रोजाई अनुसारको सामानहरु बिक्री–वितरण गर्दै आएका छौं । नेपालभरीका ग्राहकहरुलाई सन्तुष्ट पार्ने उदेश्यले हामीले राजधानीमा मात्रै केन्द्रित नभएर विभिन्न प्रदेशहरुमा पनि सेवा दिँदै आएका छौ ।’

साथै, संचालक शाक्यले ग्राहकहरुको सन्तुष्टि नै आफूहरुको मुख्य उदेश्य भएको भन्दै कुनै पनि किसिमको सेवा आवश्यक भएमा आफुहरुलाई सम्पर्क गर्न सकिने बताए ।

ओजोन ब्राण्डको बारेमा

हालसालै मात्रै ‘ओजन ब्राण्ड’ ले ग्राहकहरुको मागलाई लक्षित गर्दै ओजोन ल्युबरिकेन्ट समेत नेपाली बजारमा ल्याइसकेको जानकारी दिएको छ ।