Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नाडा अटो शो आजबाट सुरु, हेर्नुहोस् तस्वीरमा

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बर्षेनि दशैँतिहार नजिकिँदै गएपछि बृहत् अटो शो गर्दै आएको छ ।

WhatsApp Image 2024-08-27 at 20.52.43_a1b8f218.jpg

१६ औं संस्करणको नाडा अटो शो काठमाडौंको भृकुटीमण्डपबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समुद्घाटन गर्दै प्रदर्शनीले औपचारिकता शुरु भएको हो । प्रदर्शनी आगामी भदौ १६ गतेसम्म चल्ने छ ।

WhatsApp Image 2024-08-27 at 20.52.47_57bf274a.jpg

अटो शोका लागि आवश्यक तयारी सुरू गर्न नाडाले स्टल बुकिङका लागि रजिष्ट्रेसन जेठ ३१ गते बिहीबार देखि असार ५ गते बिहीबार सम्म रजिष्ट्रेसन गर्न सक्ने आह्वान गरेको थियो ।

WhatsApp Image 2024-08-27 at 20.52.50_43649bb3.jpg

प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहने नाडाले जनाएको छ ।

WhatsApp Image 2024-08-27 at 20.52.56_8b70f779.jpg

प्रदर्शनीमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्।

WhatsApp Image 2024-08-27 at 20.52.48_c430f2b1.jpg

साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन्, र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन्। कुल मिलाएर, शोमा ९५ प्रदर्शकहरू सहभागी जनाइएको छ ।

WhatsApp Image 2024-08-27 at 20.52.53_dac996eb.jpg

जसमा १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्ने नाडाको दाबी छ । एसोसिएसनका अनुसार यसवर्ष ७५ हजार अबलोकनकर्ताको सहभागी रहने जनाइएको छ ।

WhatsApp Image 2024-08-27 at 20.52.52_52017c57.jpg

तस्बिर: जीवन बाँनिया/ नेपाल रैबार