Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

गोलकिपर जियारथ सेख नायक बनेपछि नेपालले भुटानविरुद्ध पेनाल्टी सुटआउटमा ४–१ को जित निकाल्दै साफ यू-२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जियारथले ‘टाइब्रेकर’का दुई प्रहार विफल बनाए ।  

पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे । नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै जीत दिलाएका हुन्।

नेपालले अब भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।