Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रधानमन्त्रीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमाले समर्थकलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई खेदेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रधानमन्त्री र नेकपा एमाले समर्थकविरुद्ध गालीगलौज गरेको आरोपमा कराते प्रशिक्षक राजन लामा पक्राउ परेका हुन् ।

प्रहरीले लामालाई साउन २७ गते पक्राउ गरेको थियो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराध आरोपमा अभियोग पत्र दायर भएको छ । धादिङको गजुरी गाउँपालिकामा करार खेलकुद प्रशिक्षकका रुपमा कार्यरत लामा माओवादी निकट वाइसीएलका जिल्ला सचिव हुन् ।