Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

आँबुखैरेनी बस दुर्घटनाः चिकित्सको टोली लिएर गयो सेनाको हेलिकोप्टर

मेडिकल टोलीसहित सेनाको हेलिकोप्टर बस दुर्घटनास्थलतर्फ गएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मेडिकल टिमसहितको टोली लिएर हेलिकोप्टर केहीबेर अघि दुर्घटनास्थल तर्फ गएको हो ।

आज शुक्रबार बिहान तनहुँको आँबुखैरेनी गाउँपालिकाको ऐनापहराबाट भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेको थियो । दुर्घटनास्थलबाट १५ जना अचेत र १४ जनाको घाइते अवस्थामा उद्धार गरिएको तनहुँ प्रहरीले जनाएको छ । 

बसमा चालक र सहचालकसहित ४३ जना यात्रु रहेको खुलेको छ । अन्य यात्रुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उद्धारमा गोताखोरको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।