Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला, बसमा ४१ यात्रु सवार (अपडेट)

मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जिवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो । उक्त बसमा ४१ यात्रु सवार रहेको खुलेको छ ।

bbi.jpg

ऐनापहरामा भएको बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्‍यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फौजले तीव्र  रूपमा उद्दार गरिरहेको हो। त्यस्तै, गोताखोरसहितको टोलीसमेत खोजी र उद्धार कार्यमा पुगिसकेको छ।

दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घाइते र हताहतीको संख्या यकिन हुन बाँकी छ।  

यात्रुबारे थप विवरण आउन बाँकी छ ।