तनहुँमा शुक्रबार बिहान भएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १५ जना यात्रु अचेत अवस्थामा छन् । पोखराबाट काठमाडौँ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो।
तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेत अवस्थामा रहेको गृहमन्त्रालयले जनाएको हो । बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ ।
उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगिसकेको उनले बताए । युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ ।
विस्तृत विवरण आउन बाँकी