Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

काठमाडौं आउँदै गरेको बस मर्स्याङ्दीमा खस्यो

तनहुँमा शुक्रबार बिहान भएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ११ जना बेपत्ता भएका छन् ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको हो । पोखराबाट काठमाडौँ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो। 

१४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए।