Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

घाँसीकुवाको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

तनहुँको व्यास नगरपालिका १२ स्थित घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

अविरल वर्षापछि पृथ्वी राजमार्गको डुम्रे–दमौली सडकखण्डमा पहाडैसहित ठुलो पहिरो खसेको प्रहरीले जनाएको छ । 

सडक खुलाउनका लागि प्रयास भइरहे पनि समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

p098_FnTTH13RpO.png