Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नागढुङ्गा नजिक पहिरो जाँदा अवरुद्ध भएको त्रिभुवन राजपथ एकतर्फी खुल्यो

नेपालको राजधानी काठमाडौँ प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा अवरुद्ध भएको त्रिभुवन राजपथ अहिले एकतर्फी खुलेको छ। 

साँझ ५ बजेबाट एकतर्फी खुलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। काठमाडौँ प्रवेशको मुख्य नाका त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा नजिक विहान १० : २० बजेको समयमा पहिरो खस्दा सवारी आवागमन रोकिएको थियो। 

दिनभर वर्षा जारी रहेकाले पछिरो पन्छाउन समस्या भएको थियो। अहिले वर्षा केही रोकिएकाले पहिरो पन्छाएर एकतर्फ खुलाइएको हो। नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार नागढुंगाको सुरक्षा चौकीबाट करिब तीन सय मिटर पर ठूलो पहिरो खसेको थियो।

३ वटा एक्स्साभेटरको प्रयोग गरेर पहिरो पन्छाइएको हो।