Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नागढुंगामा पहिरो: दुईतर्फी राजमार्ग अवरुद्ध, पहिरो पन्छाउन केही घण्टा लाग्ने

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिक पहिरो खसेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ढुंगामाटो र रुखसहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिरनजिक ठूलो पहिरो खसेको छ । जसका कारण आवागन अवरुद्ध भएको हो । 

पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग बन्द भएपछि काठमाडौं आउँदै गरेका यात्रु बाटोमै रोकिएका छन् । बेला–बेला पहिरो झर्ने क्रम जारी छ । त्यसैले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द भएकाले यात्रुहरु मर्कामा परेका छन् । कतिपयले वैकल्पिक मार्गको रुपमा खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गरेका छन् ।