पाँचथरको फिदिम नगरपालिका-१२ को सिद्वदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजकुमार नेम्वाङ बलात्कार आरोपमा पक्राउ परेका छन् ।
बालिका बलात्कार गरेको उजुरी परेपछि पाँचथर प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । शिक्षक नेम्वाङले फिदिम १ सुन्तली चोकमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।
पीडित बालिका स्वयंले जाहेरी दर्ता गराएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।
म्वाङलाई पक्राउ गरेसँगै घटनाको अनुसन्धान र पीडितको उपचार सुरु गरिएको पनि तामाङले बताए ।