Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

गुडिरहेको कारमाथि ढुंगा खसेपछि...

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा गुडिरहेको कारमाथि ढुंगा खसेको छ ।

तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं. को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

कार भरतपुर महानगरपालिका –२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए । अहिले सडक सञ्चालनमा छ । कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ ।

गएराति देखि नै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेको छ । सावधानी अपनाएरमात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।