Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो, स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा सुख्खा पहिरो खसेको छ । सुक्खा पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जोखिममा परेको सेनाले जनाएको छ ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, थाङपाल -७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा पहिरो खसेपछि इन्द्रावती नदी थुनिएको छ ।

Indrawati-Badhi-(2)-1724069517.jpg

पहिरोपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको सेनाले जनाएको छ ।सिन्धुपाल्चोक प्रशासनले पनि विज्ञप्ति जारी गरेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै तटिय क्षेत्रमा बसोबास गर्न स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।  

जोखिममा परेका स्थानीयहरु र अस्पतालका सामग्रीहरु अहिले सुरक्षित स्थानमा लैजाँदै गरिएको छ । नदी थुनिएको र एक्कासी खोलिएमा बाढी आउन सक्ने हुँदा पाँचपोखरी, थाङपाल, मेलम्ची, इन्द्रावतीलगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।