Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

रक्षाबन्धन: बिक्रीका लागि राखिएको राखीलगायत पूजा सामग्री

भोलि मनाइने रक्षाबन्धनका अवसरमा वीरगञ्जको गहवामाई मन्दिर परिसरमा बिक्रीका लागि राखिएको राखी । रक्षाबन्धनका दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइको दिर्घायू र सफलताको कामना गर्दै राखी लगाई दिने परम्परा रहेको छ ।

New Project (15).png

रक्षाबन्धन तथा जनैपूर्णिमाको अघिल्लो दिन आइतबार सुनसरीको इनरुवा बजारमा बिक्रीका लागि राखिएका राखीलगायत पूजा सामग्री ।

HL_Birgunj-20240818_083509.jpg

रक्षाबन्धनका दिन तराईका जिल्लामा दाजुभाइको सुस्वास्थ्य, प्रगति र दीर्घायुको कामना गर्दै दिदीबहिनीले राखी बाँध्ने चलन छ ।

New Project (14).png

भाइ बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने रक्षाबन्धन पर्वका अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा बिक्रीका लागि राखिएको राखी लगायत सामग्री ।

तस्बिरः हिमाल लम्साल, नवीन गड्तौला र राजेन्द्रप्रसाद पनेरु