Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

चर्चमा पहिरो खस्दा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

रोल्पामा एक चर्चमा पहिरो खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ ।

आज बिहान रोल्पा नगरपालिका–२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा पहिरो खस्दा सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको मृत्यु भएको हो ।

अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिए ।गम्भीर घाइते एक जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको डिएसपी लामाले जानकारी दिए ।

अर्का एक घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।