Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

अशोकराज सिग्देललाई सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस

नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कामु प्रधानसेनापति सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारले गत साउन १४ गते सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो।

प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ मा अवकासमा जाने भएपछि साउन २४ गतेदेखि बिदामा बसेका छन्।त्यसपछि सिग्देललाई कामुको जिम्मेवारी दिइएको छ।