Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

भदौ ४ गतेसम्म लाङटाङ राष्ट्रिय निकुञ्जको सडक २४सै घण्टा खुला

पवित्रतीर्थ गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकाको सडक २४सै घण्टा खुला राख्ने भएको छ ।

निकुञ्जले एक विज्ञप्ति जारी गर्दै भदौ ४ गतेसम्मका लागि सडक २४ सै घण्टा खुला गर्ने निर्णय गरेको हो । गोसाईंकुण्ड मेला अवधिभर यात्रुको सहजताका लागि सवारीसाधन खुला गरिएको र रातको समयमा मालवाहक सवारीसाधनलाई रोक लगाइएको निकुञ्ज कार्यालयले स्पष्ट पारेको छ ।

रसुवागढी जाने प्रमुख सडक भएका कारण चिनियाँ सामग्री बोकी आएका मालवाहक कन्टेनर डिब्बा भने राति ११ बजेसम्म मात्र गुड्न पाउने निकुञ्जले जनाएको छ ।