Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ जना घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो कमलामाई नगरपालिका–२ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेका अनुसार मृतकको पहिचान खुलेको छैन ।

बिहीबार बिहान सिन्धुली तीनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना भएको हो । बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।

स्थानीयका अनुसार ७ जना घाइते भएका छन् । घाइतेलाई सिन्धुली अस्पताल ल्याउँदै गरिएको छ । दुर्घटनापछि विपी राजमार्ग अवरुद्ध भएको छ ।