Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा

पूर्वी नेपाललाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापित भएको डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा ल्याएको छ । एक समारोहबीच पेन्टसले वाल गार्ड रोयल एक्सेरियर इमल्सन पेन्ट र डिजिटल ड्याम गार्ड उत्पादन बजारमा ल्याएको हो ।

अत्याधुनिक पोलियुरिथिन टेक्नोलोजी, सिलिकन टेक्नोलोजी, क्याक प्रुफ टेक्नोलोजी साथै वाटर प्रुफिङ समेत रहेको वाल गार्ड रोयल एक्स्टेरियर इमल्सन पेन्ट १२ वर्ष पफर्मेन्स वारेन्टी रहेको जनाइएको छ । कम्पनीका अनुसार १ लिटरदेखि २० लिटर साइजमा मिडियम ह्वाइट, डार्क र एल्लो कलरमा उक्त उत्पादन उपलब्ध हुनेछ ।

त्यस्तै, पेन्ट्सले सार्वजनिक गरेको अर्को उत्पादन डिजिटल ड्याम गार्डले सिपेजको समस्या तथा नुनीया लगायतका समस्यालाई न्यूनीकरण गर्ने जनाइएको छ । ग्राहकहरूको मागलाई मध्यनजर गर्दै नयाँ दुई उत्पादन बजारमा ल्याएको डिजिटल पेन्टसका सीईओ देवीप्रसाद गौतमले बताए ।कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा उच्च गुणस्तरका इमल्सन पेन्ट्स लगायत ४६ भन्दा बढी उत्पादनहरू बिक्री वितरण गर्दै आएको उनले बताए ।

कोशी प्रदेशका ८५ भन्दा बढी आधिकारिक डिलरहरूमार्फत ग्राहकहरूलाई सहुलियता मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ ।