काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जाने भएका छन् । उपाधिका लागि नेपाल र भारतबीच आज साँझ ५ बजे खेल हुँदैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । लिगचरणमा इरानसँग बदला लिंदै नेपाल फाइनलसम्म आइपुगेको हो । भारतले श्रीलंकालाई हराएपछि फाइनलमा नेपाल–भारत आमने–सामने भएका हुन् ।
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली त्रिपुरेश्वर जाने उनको सचिवालयले जनाएको छ ।सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो ।
लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ । शनिबार नेपालले भारतलाई लिगचरणमा पराजित गरेको थियो