Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ग्लोबल टी-२०ः सन्दीप र दीपेन्द्र सहभागी टिम भ्यानकुभर विजयी

ग्लोबल टी २० क्यानडा लिग अन्तर्गत सातौ खेलमा नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सहभागी भ्यानकुभर नाइट्स विजयी भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको भ्यानकुभरले ५ विकेटको जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो। भ्यानकुभरका लागि नेपालका सन्दीप लामिछानेले महत्त्वपूर्ण दुई विकेट हात पारे। पहिलो विकेटका रुपमा सर्वाधिक रन बनाएका अजमातुल्लाहलाई आउट गरेका सन्दीपले दोस्रो विकेटका रुपमा नवौंक्रमका ब्याट्सम्यान जहुर खानलाई आउट गरेका हुन्।

११० रनको लक्ष्य पछ्याएको सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले १८.४ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन बनायो।