Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

छैठौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनशिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजत सहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ । परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई बधाई दिएका हुन् । 

wushu 1.jpg

प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनशिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरेका छन् । खेलाडीहरुलाई बाधाई दिँदै धमलाले खेलाडीहरुको उच्च प्रर्दशनले नेपाली शान बढेको बताए । विभिन्न विधामा खेलाडीहरु अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन् भने, सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १/१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।
 
यस्तै वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक÷एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् । यस्तै सफल पाठक, समिर बस्नेत,रिदम गोलेले १/१ रजत पदक प्राप्त गर्न सफल भएका हुन् । यस्तै सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २/२ तथा यान्चेन्ला इलावा र ग्रुप इभेन्टमा १/१ रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढूंगानाले बताए ।